ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ङादी ग्रुप पावरसहित ७ ओटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

२०७८ सावन, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीवार सात ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यो दिन लक्ष्मी उन्नती कोष, सीईडीबी हाइड्रोपावर, ङादी ग्रुप पावर,पोखरा फाइनान्स,माउण्टेन हाइड्रो नेपाल ,लक्ष्मी इक्विटी फण्ड र ग्लोबल आइमएई समुन्नत १ को इकाई मूल्यमा सकारात्मक सर्किट लागेको हो ।  

ती सात ओटा कम्पनीमध्ये लक्ष्मी उन्नती कोष,सीईडीबी हाइड्रोपावर र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । 

लक्ष्मी उन्नती कोषले इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेसँगै इकाई मूल्यमा वृद्धि भएको हो । यस कोषको इकाई मूल्य प्रतिइकाई रू.१५ दशमलव ६८ रहेको छ ।

 त्यसैगरी सीईडीबी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ७५९ र ङादी ग्रुप पावरको रू. ६९४ दशमलव १० पुगेको छ । 

त्यस्तै पोखरा फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९५ प्रतिशत,माउण्टेन हाइड्रो नेपालको ९ दशमलव ९५ प्रतिशत,लक्ष्मी इक्विटी फण्डको ९ दशमलव ५३ प्रतिशत र ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाई मूल्य ९ दशमलव ५० प्रतिशतले वृद्धि भएको हो । 

ती सात ओटै कम्पनीको शेयरमा बजार बढेसँगै विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । त्यसैगरी लक्ष्मी इक्विटी फण्डले इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषण गरेसँगै लगानीकर्ताको आर्कषण बढेको देखिन्छ । 

पोखरा फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७१८,माउण्टेन हाइड्रो नेपालको रू. ४५३,लक्ष्मी इक्विटी फण्डको रू. १७ दशमलव ५८ र ग्लोबल आइएमई समुन्नतको प्रतिइकाई रू. २४ दशमलव २० पुगेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्