ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एडीबीद्वारा कोरोना खोप किन्न नेपाललाई २० अर्ब ऋण सहायता

२०७८ सावन, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना भाइरसको  रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करीब २० अर्ब रुपैयाँ)  ऋण सहायता दिने भएको छ ।

नेपालमा कोरोना खोप अभियान सञ्चालन तथा आपूर्ति प्रणालीमा सहयोग पुरयाउन उक्त रकम प्रभावकारी एडीबीले बिहीवार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।एडीबीले उक्त रकमबाट अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने बताएको छ ।

 ऋण सहायता दिने निर्णयपछि बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन नेपालका निम्ति खोप उपयोगी हुने बताएका छन् । उनले नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न खोप अपरिहार्य रहेको पनि बताएका छन् ।


 

प्रतिक्रिया [1]
User Image

Ramram

[Jul 22, 2021 03:22pm]

Vrastachari bata asul garera khop kina. Debt ramro hoina. Yo desh garib xaina. Oli jasta neta le garib banaye. Sampati xanbin gara. Karbahi gara


प्रतिक्रिया दिनुहोस्