ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एउटै खरिद दर कायम हुन सक्दैन

२०७८ सावन, ८  
१० वर्ष अघि
Chelsea International NA

विद्युत्मा निजी क्षेत्रको लगानी भएको छ । तर पछिल्ला आठ दस वर्षयता अध्ययन एवं निर्माणका लागि जुन समय दिइएको थियो त्यसबाट अपेक्षित परिणाम आउन नसकेको पक्कै हो । त्यसैले सरकारले गरेको अपेक्षा अनुरूप  ऊर्जा संकट समाधान हुन सकेन । अहिले यो विषयले निकै ठूलो रूप लिएको छ । माग बढी र उत्पादन कम हुनुले संकट बढेको हो । ऊर्जा संकटमा निजीक्षेत्र मात्र जिम्मेवार छैन ।

स्थानीय सरोकारवालाहरूको गैरजिम्मेवारी र असहयोगले पनि विद्युत् उत्पादनमा बाधा उत्पन्न गरेको हो । कतिपय स्थानीय बासिन्दाले आयोजना नै बन्द गरी विभिन्न माग तस्र्याउने प्रवृत्ति बढेको छ । आयोजना सुरु नहुँदै विरोध गरेर हक माग्नु राम्रो होइन । भने सरोकारवालाहरूलाई शेयर नदिनु पनि बुद्धिमानी होइन ।

सही लगानी कर्ता आए भने अहिलेको अवस्थामा पनि राम्रो उत्पादन गर्न सकिन्छ । सरकारको आफ्ना नीतिनियम छ । हरे कुरामा सरकारलाई मात्र दोष दिनु ठीक होइन । के कारणले निजी लगानी प्रभावकारी रूपमा आउन नसकेको हो स्पष्ट रूपमा भन्नुपर्छ ।

(ऊर्जा मन्त्रालयका प्रवक्ता अनुपकुमार उपाध्यायसँगको कुराकानीबाट)

वर्ष ५, अंक ४४, २०६७, असार २१– २७

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्