ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मध्य भोटेकोशीको आईपीओमा तेस्रो दिनसम्ममा ७ हजार ५८६ जनाको आवेदन

२०७८ सावन, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

साउन ८, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा तेस्रो दिनसम्ममा ७ हजार ५८६ जनाको आवेदन परेको छ । 
 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीवारसम्ममा १६ लाख ४७ हजार ७६१ कित्ताका लागि आवेदन परेको छ । कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविसु) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६(साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ । 

शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम ५० कित्तादेखि ४०० कित्ता सम्ममा आवेदन गर्न सक्नेछन् । स्थानीयले आगामी साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले बताएको छ ।

सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौमा सात ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने छ । साथै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि वैशाख २१ गतेदेखि विक्री खुला गरेकोमा कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख २४ गतेदेखि आईपीओ निष्कासन स्थगित भएको थियो । कम्पनीले पहिलो चरणपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro