ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

३२औं संस्करणको गृष्मकालीन ओलम्पिक टोकियोमा शुरु  

२०७८ सावन, ८  
खेल विविध
Chelsea International Image Not Found

साउन ८, टोकियो ।  विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२ औं संस्करणको उद्घाटन समारोह जापानको टोकियोस्थित ओलम्पिक रंगशालामा शुरु भएको छ । 

३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको नेपाली समयअनुसार पौने ५ बजे विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन अघि रंगशालमा आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोग गरि रोमाञ्चक बनाइएको थियो ।

टोकियो ओलम्पिकमा ३३ ओटा खेलको ३३९ ओटा इभेन्ट समावेश रहेको छ जसमा विश्वभरबाट ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक ओलम्पिकमा नेपालबाट चार ओटा खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

 करीब ६८ हजार दर्शक अटाउन सक्ने उक्त रंगशालामा कोरोना महामारीको कारण उद्घाटन समारोहमा करीब १ हजार भीआईपीको मात्रै उपस्थिति रहेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

ओलम्पिक शुरु हुँदै गर्दा टोकियोलगायत अन्य प्रिफेक्चरमा कोरोना संक्रमण थप तिव्ररुपमा बढेको भन्दै स्थानीयबासीले ओलम्पिक आयोजनाको विरोध गरिरहेका छन् । ओ्लम्पिक आगामी अगस्ट ८ सम्म सञ्चालन हुनेछ ।एजेन्सीहरु

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्