ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बाढीले बगायो लघु जलविद्युत्को भवन

२०७८ सावन, १०  
कर्णाली प्रदेश
Chelsea International NA

बझाङ । बझाङको मस्टा गाउँपालिका–५ द्वारीमा अविरल वर्षाका कारण आएको बाढीले लघु जलविद्युत् आयोजनाको भवन बगाएको छ । बाढीले द्वारीगाड लघु जलविद्युत् आयोजनाको भवन बगाएको हो । करीब १ करोड लागतमा निर्मित ४२ किलोवाट क्षमता रहेको आयोजनाबाट द्वारीगाउँका करीब ५०० घरधुरीले बिजुली उपभोग गर्दै आएका थिए ।

लघु जलविद्युत्को भवन केही समय सञ्चालनमा आए पनि प्राविधिक समस्याका कारण बीचमा अवरुद्ध भएको र हाल निर्माण कार्य चलिरहेका बेला एकाएक परेको अविरल वर्षाले भवन नै आधा बगाएको स्थानीयवासी उब्जन बोहराले बताए ।     

वर्षाले सोही दिन द्वारीगाडबाट द्वारीगाउँकै वारिपारि जोड्ने काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ । आवतजावतमा समस्या हुँदा शुक्रवार पुनः काठेपुल हाल्दा द्वारीगाडले बगाएर तीनजना घाइते भएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्