ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

१५ करोड लगानीमा फनपार्क सञ्चालन

२०७८ सावन, १०  
प्रदेश ०५
Chelsea International Image Not Found

दाङ (अस) । करीब रू. १५ करोड लगानीमा दाङको घोराहीमा ‘फनपार्क’ सञ्चालनमा आएको छ । दाङ फर्न भ्याली प्रालिले घोराही उपमहानगरपालिका वडा नं १० अम्राईमा फनपार्क सञ्चालनमा ल्याएको हो । करीब तीन वर्षपछि निर्माण सम्पन्न गरी फनपार्क सञ्चालन गर्न सफल भएको कम्पनीका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए ।

झन्डै ३ बिगाहा ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा होटल, बालउद्यान, गेष्ट रूम, पाटी प्यालेस, रेष्टुराँ, इन्डोर गेम, लाइज जिम, ब्याडमिन्टन कोट, वाटर पार्क, प्रतियोगिता गराउन मिल्ने स्वीमिङ पुललगायतको व्यवस्था छ । जिल्ला सदरमुकाम घोराहीदेखि नजिकै भएकाले अहिले फनपार्कमा आउनेहरू बढेका छन् । ‘बजारको नजिक भएर पनि होला, विशेषगरी बिदाको समयमा यहाँ मानिसको भीड बढी हुन्छ,’ महाप्रबन्धक श्रेष्ठले भने । फनपार्कमा श्रेष्ठसहित ११ जनाको लगानी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्