ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लेटाङ बजारमा नेपाल–बंगलादेश बैंककोे विस्तारित सेवा केन्द्र

२०७८ सावन, ११  
शेयर / बैङ्किङ गतिविधि
Chelsea International Image Not Found

काठमाडौं (अस) । नेपाल– बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिकास्थित बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

विस्तारित सेवा केन्द्र उद्घाटन प्रदेश १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरे ।

बुधबारे बजार लेटाङ नगरपालिका– १, २ र ३ तथा केराबारी गाउँपालिका–९ को केन्द्रको रूपमा स्थापित भई बैंकिङ पहुँचबाट टाढा रहेको अवस्थामा नगरपालिकाको आग्रह र ग्रामीण भेगमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।

विस्तारित सेवा केन्द्रबाट चेक क्लियरिङ, सामाजिक सुरक्षा भत्ता, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालनलगायत सेवा उपलब्ध हुने बैंकले बताएको छ ।

बैंकले हाल ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर तथा ८२ एटीएममार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्