ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ भने स्थिर

२०७८ सावन, ११  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन ११, काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. १०० ले घटेको सुनको भाउ सोमवार सोही अंकले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतवार प्रतितोला रू. १ हजार २७० मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्