ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योग संगठन मोरङद्वारा शीप विकास तालीम सञ्चालन

२०७८ सावन, १२  
प्रदेश ०१
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । उद्योगलाई मजदूर अभाव हुने र युवाहरू बेरोजगार हुने अवस्था अन्त्य गर्न उद्योग संगठन मोरङले शीप विकास तालीम कार्यक्रम सञ्चालन गरेको छ । उद्योग संगठनले सञ्चालन गरेको तालीम लिएर युवाहरू उद्योगमा रोजगार हुन सक्नेछन् ।

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग सम्बोधन गर्न शीप विकास कार्यक्रम शुरू गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए । ‘उद्योग व्यवसायमा दक्ष जनशक्ति अभावको समस्या समाधानमा सघाउन युवाहरूलाई तालीम दिने कार्यक्रम थालेका हौं,’ उनले भने ।

संगठनमा स्थापित इकाइले तालीम प्रदायक संस्थाहरूसँगको सहकार्यमा सम्बन्धित उद्योगमा औद्योगिक प्रशिक्षार्थी अप्रेन्टिससिप मोडेलमा तालीम सञ्चालनका लागि समन्वकारी भूमिका निर्वाह गर्नेछ । संगठनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को मान्यता प्राप्त संस्थामार्फत तालीम सञ्चालन गर्ने अध्यक्ष प्याकुरेलले बताए ।  

तालीमको समन्वयका साथै इकाइले उद्योगहरूबाट दक्ष जनशक्तिको क्षेत्रगत माग संकलन गर्नुका साथै उक्त मागका आधारमा अन्य क्षेत्रगत विषय पनि क्रमशः थप्दै लैजाने संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।

हेल्भेटास इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

औद्योगिक व्यवसाय ऐन २०७६ मा उत्पादनमूलक उद्योगमा कुल जनशक्तिमध्ये कम्तीमा १० प्रतिशत प्रशिक्षार्थी कामदार राखेमा त्यस्तो कामदारलाई प्रशिक्षण दिँदा दिनुपर्ने निर्वाह खर्च, प्रशिक्षण खर्च र उद्योगमा कार्यरत जनशक्तिको उत्पादन क्षमता विकासमा भएको खर्च रकम आयकर गणना प्रयोजनका लागि कट्टी गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्