ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नाडा अध्यक्षमा चौधरीको उम्मेदवारी घोषणा

२०७८ सावन, १२  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । सीजी होल्डिङ्स तथा सिजीमोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । चौधरी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष छन् ।

सातै प्रदेशमा विस्तार भइसकेको नाडाको प्रदेश संरचनालाई थप व्यवस्थित र बलियो बनाउन उनले उम्मेदवारी  दिएका हुन् ।

अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार उपलब्ध गराउने व्यवसाय हो ।

सरकार र व्यवसायी दुवैको हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको चौधरीले बताए । नीतिगत रूपमै सरकारसँग अटो व्यवसायलाई अगाडि बढाउन सहजीकरण गर्ने उनले जानकारी दिए । कोरोना महामारी र निषेधाज्ञाका कारण अटोमोबाइल व्यवसाय संकटमा परेकाले यसको पुनरुत्थानसँगै यस क्षेत्रमा थप आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनले बताए । हाल नाडा अध्यक्ष कृष्णप्रसाद दुलाल छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्