ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कृषि कर्जा सहज बनाउन ‘कृषक क्रेडिट कार्ड’ वितरण

२०७८ सावन, १२  
वाग्मती प्रदेश
Chelsea International Image Not Found

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिट कार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३ दशमलव ५६ प्रतिशत र पुरुषलाई ४ दशमलव ५६ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ । धितो दिन नसक्ने र सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न नसक्ने कृषकका लागि यो कार्यक्रमले सहयोग पुग्ने उनले बताए । मनकामना दुग्ध सहकारी लिमिटेडसँगको सहकार्यमा नेपाल बंगलादेश बैंक, मकवानपुरगढी शाखाबाट कृषकले ऋण प्राप्त गर्नेछन् ।

नेपाल बंगलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिटकार्ड मार्फत पहिलोपटक नौलो कार्यक्रमअन्तर्गत ऋण लगानी गरेको जानकारी दिए । यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्