ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मध्य भोटेकोशीको आईपीओमा ३६ लाख ७६ हजार ३४१ कित्ताका लागि पर्‍यो आवेदन 

२०७८ सावन, १२  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा  सोमवार साँझ सम्म ३६ लाख ७६ हजार ३४१ कित्ताका लागि आवेदन परेको छ । 

विक्री प्रबन्धकका अनुसार सोमवार साँझसम्ममा १८ हजार ९२८ जनाले ३६ लाख ७६ हजार ३४१ कित्ताका लागि आवेदन दिएका छन् ।  कम्पनीले साउन ५ गते देखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । 

कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ ,बाह्रविसे नगरपालिका वडा नं ५ र ६(साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आइपीओ छुट्याइएको छ ।

उक्त शेयर खरीदका लागि आवेदकले न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्म आवेदन गर्न सक्नेछन् ।विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले बताएको छ ।

सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौमा  सात ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सक्नछन् । साथै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओ भर्न सकिने छ ।

 कम्पनीले यसअघि वैशाख २१ गतेदेखि विक्री खुला गरेकोमा कोरोनाभाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि आईपीओ विक्री स्थगित गरिएको थियो । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro