ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुउवा संघद्वारा घरभाडा छूट गर्न आग्रह

२०७८ सावन, १२  
प्रदेश ०५
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यलाई घरभाडा छूट गर्न आग्रह गरेको छ । 

संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा सोमवार वीरेन्द्रनगरमा बसेको कार्य समितिको २९ औं बैठकले कोरोनाको महामारी र बन्दाबन्दीले आर्थिक क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै आफ्नो इच्छा र गच्छे अनुसारको छूट दिन आग्रह गरेको हो । बैठकले आफ्नो घर जग्गा वहालमा बस्ने उद्योगी, व्यापारी, व्यवसायीलाई इच्छा र गच्छे अनुसारको छूट दिन आग्रह गरेको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । 

‘कोरोना महामारीले उत्पन्न संकटबाट निजी क्षेत्रका उद्योग, व्यापार, व्यवसाय चौपट नै पारेको छ,’ उनले भने, ‘हामी संघका सदस्यलाई मात्र होइन, आम जनसमुदायलाई आ–आफ्नो घर जग्गा वहालमा बस्ने उद्योगी, व्यापारी, व्यवसायीलाई इच्छा र गच्छे अनुसार छुट गर्न आग्रह गर्दछौं ।’ उनले बैठकमा घरभाडा छूट गर्न सार्वजनिक रुपमै अपिल गर्ने निर्णय गरिएको बताए ।

 ‘लामो समयको महामारी र बन्दाबन्दीका कारण उद्योगी व्यापारी आक्रान्त छन्,’ उनले भने, ‘अहिले केहि खुकुलो भएपनि अपेक्षित रुपले व्यापार व्यवसाय सञ्चालन नभएको हुँदा यस्तो आग्रह गरिएको हो ।’ 

उनका अनुसार बैठकले संघको सदस्यता नविकरणका लागि असोज मसान्तसम्म छूट र संघको भवनमा कोठा भाडामा लिएर पसल सञ्चालन गर्नेलाई एक महीना घरभाडा छूट दिने निर्णय गरेको छ । 

संघले कोरोनाको प्रकोपका कारण स्थगित हुँदै आएको संघको ३६ औं र ३७ औं वार्षिक साधारणसभा आगामी असोज २ गते गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्