ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२९.२४ अंकले बढ्यो शेयर बजार, १५ अर्बभन्दा बढीको कारोबार

२०७८ सावन, १२  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार धितोपत्र कारोबार मापक नेप्से परिसूचक २९ दशमलव २४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । 

यो दिन अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक शून्य दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । यस दिन नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस अघि साताको पहिलो कारोबार दिन नेप्सेले हालसम्मकै ऐतिहासिक रेकर्ड ब्रेक गरी ३ हजार ५८ दशमलव ६३ विन्दुमा बन्द भएको थियो । सोमवार ८ दशमलव २४ अंक घटेर ३ हजार ५० दशमलव ४२ विन्दुमा बन्द भएको नेप्से मंगलवार ३ हजार ३० दशमलव ५१ विन्दुदेखि खुलेको थियो । 

कारोबार खुला भएको पाँच मिनेटको अवधिभित्र नेप्से परिसूचक ३ हजार २ दशमलव १० विन्दुसम्म झरेको थियो । यो दिन कारोबारको साढे २ घण्टाको अवधिपश्चात बजार उकालो लागेको हो । यस दिन बजार ३ हजार ८५ विन्दुसम्म पुगेको थियो ।

गत आर्थिक वर्षलाई विदा गरिसकेको बजारका लगानीकर्ताहरुले अव वर्षभरिको लगानीको प्रतिफल भित्र्याउने बेला भएको तर्क गरेका छन् । यस अवधिमा आफ्नो खर्च टार्नकै लागि शेयर विक्री गरेपनि अन्य प्रयोजनका लागि विक्री गर्ने कम रहेको जानकारी लगानीकर्ताहरुले दिएका छन् । 

यस दिन सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १९ अंकले बढेर ५७४ दशमलव ३० विन्दुमा पुगेको छ । कारोबार रकमको उच्चता कायम राख्दै मंगलवार रू. १५ अर्ब १७ करोड ६ लाख ५१ हजार बराबरको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२५ ओटा कम्पनीको १ लाख ४१ हजार ६५२ पटकको व्यापारमा भएको हो ।

यस दिन सबैभन्दा बढी रकमको शेयर कारोबार एनआईसी एशिया बैंकको भएको छ भने कित्ताको हिसावमा लक्ष्मी उन्नति कोषको सर्वाधिक इकाई कारोबार भएको छ । यो दिन एनआईसी एशिया बैंकको रू. ४९ करोड ४ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ ले बढेर अन्तिम मूल्य रू. १ हजार ५४ कायम भएको छ । यो दिन रू. १ हजार ३२ मा खुलेको कम्पनीको शेयरमूल्य न्यूनतम रू. १ हजार १२ देखि अधिकतम रू. १ हजार ७१ सम्म पुगेको थियो ।

त्यस्तै २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन लक्ष्मी उन्नति कोषको सर्वाधिक कित्ता इकाई कारोबार भएको छ । यस दिन कोषको १५ लाख ५८ हजार १४७ इकाई खरीदविक्री भएको हो । कोषको प्रस्तावित करसमेत २५ प्रतिशत लाभांश साउन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्राप्त गर्न सक्नेछन् ।

मंगलवार उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४ दशमलव ७४ प्रतिशतले बढेको छ भने लघुवित्तको सर्वाधिक २ दशमलव शून्य ६ प्रतिशतले घटेको छ । 

यस दिन दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । मल्टिपर्पस फिनांस, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर्स, जोशी हाइड्रो र घलेम्दी हाइड्रोको शेयरमूूल्य यस दिन १० प्रतिशतले बढेको छ भने बाँकी आठ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्