ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेल नियुक्त

२०७८ सावन, १२  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १२ , काठमाडौं ।सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेललाई  नियुक्त गरेको छ ।

मंगलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको  हो ।

सरकारका प्रवक्ता र कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सदस्यमा भने रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त  भएका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि गरेका उनका आर्थिक विषयमा लेख तथा शोधहरु प्रकाशित छन् ।

 यसैबीच सोही बैठकले दुई प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । उक्त बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचन र गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस गरेको छ ।

त्यसैगरी उक्त बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महीना सेवाबाट निवृत्त हुँदैछन्।     

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्