ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

टेस्लाको त्रैमासिक मुनाफा पहिलो पटक १ अर्ब डलरमाथि 

२०७८ सावन, १२  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

साउन १२, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले पहिलो पटक एकै त्रैमासमा एक अर्ब डलरभन्दा धेरै मुनाफा कमाएको छ  ।
 

चिप अभाव र बन्दरगाहमा जाम भएर कम्पनीको उत्पादन प्रभावित भएको भएपनि त्रैमासिक मुनाफा बढेको तथ्यांक सार्वजनिक भएको छ । जुन महीनामा सकिएको त्रैमासमा टेस्लाको विक्री १२ अर्ब डलर रहेको छ ।

गत वर्षको सोही अवधिमा यो ६ अर्ब डलर थियो । समीक्षा अवधिमा कम्पनीले २ लाख थान कार डेलिभर गरेको छ । अप्रिल–जुन त्रैमासमा कम्पनीले १ अर्ब १० करोड डलर मुनाफा कमाएको छ । 

मुनाफाको यो आकार गत वर्षको सोही अवधिमा १० करोड ४० लाख रहेको थियो । सस्तो खालको मोडल थ्री र मोडल वाईको विक्रीमा भएको वृद्धि कारण समीक्षा अवधिमा कम्पनीको मुनाफा बढेको हो । कम्पनीको त्रैमासिक मुनाफा १ अर्ब डलरमाथि पुगेको यो पहिलो पटक हो । एजेन्सी 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्