ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अमेरिकी शेयर बजार लगातार दोस्रो दिन नयाँ उचाईमा 

२०७८ सावन, १२  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

साउन १२, न्यूयोर्क (अमेरिका) । अमेरिकी शेयर बजार सोमवार लगातार दोस्रो दिन पनि कीर्तिमानी उचाईमा उक्लिएको छ । 

कम्पनीहरुको मुनाफामा उच्च वृद्धि हुने अपेक्षामा शेयर बजार आकाशिएको हो । गत हप्ताको तुलनामा दाउ जोन्स इन्डष्ट्रियल एभरेज ८२ अंकले बढेर ३५ हजार १४४ अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । 

सूचकांक शुक्रवार पहिलो पटक ३५ हजारमाथि उकिलएको थियो । नाष्डाक पनि लगातार दोस्रो दिन नयाँ उचाईमा उक्लिएको छ । कम्पनीहरुको मुनाफा उच्च हुने अपेक्षामा लगानीकर्ताहरुले शेयर किनबेच बढाएका छन् ।

 माइक्रोसफ्ट र एप्पलजस्ता मुख्य कम्पनीहरुले यही हप्ता आफ्नो त्रैमासिक तथ्यांक सार्वजनिक गर्दैछन् । तर अमेरिकामा निरन्तर फैलिरहेको कोरोना भाइरसको संक्रामक प्रकार डेल्टाका कारण लगानीकर्ताहरु चिन्तित रहेको र यसले शेयर बजार प्रभावित पार्ने चिन्ता विश्लेषकहरुले गरेका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्