ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपालमा डेल्टा भेरिएन्टसहित थप तीन ओटा भेरिएन्टको चुनौती : स्वास्थ्य मन्त्रालय        

२०७८ सावन, १२  
समाचार
Chelsea International Image Not Found

साउन १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन ओटा भेरिएन्टको चुनौती थपिएको जनाउँदै संक्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।     
     
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संकलन गरेको ४७ जनाको नमूनाको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको नयाँ दिल्लीस्थित प्रयोगशालामा परीक्षण गर्दा तिनमा डेल्टा भेरिएन्ट पुष्टि भएको तथा अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्ट र कप्पा भेरिएन्टका उत्परिवर्तन फेला परेको जानकारी दिंदै मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सम्भावित तेस्रो लहरको तयारीमा जुट्न स्वास्थ्य सेवा प्रदायक निकाय र स्वास्थ्यकर्मीहरूमा अनुरोध गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्