ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

व्यवसायिक तरकारी खेतीमा धनकुटाका किसानको आकर्षण बढ्दै : घरैपिच्छे टनेल निर्माण 

२०७८ सावन, १२  
प्रदेश ०१
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, धनकुटा । धनकुटा–१ सिजाली टोलका तेजकुमार सिजाली मगरको घर तलको कान्ला वारिमा टनेल घर छ । सो टनेल घरमा अचेल मौसमी तथा बेमौसमी सिजनमा फल्ने अर्गानिक तरकारी उत्पादन हुन्छ । टनेल घरमा फलेको तरकारीले घरको भान्सा मात्र धानेको छैन, तरकारी विक्रीबाट केही आम्दानी समेत गराएको छ । यो क्षेत्र लेकाली भएकाले गर्दा यहाँको मौसम चिसो हुन्छ । 

चिसोको कारण अहिले सम्म पनि गोलभेंडा फलाउन सकेका थिएनौं । तर टनेल घर निर्माण गरेपछि टोलभरि पहिलो पटक गोलभेंडा फलायौं । आफूले पनि उपभोग ग¥यौं, विक्री पनि पर्‍यौं । ‘सधै किनेर मात्रै उपभोग गरिरहेका थियौं गोलभेंडा’ उनले भने ‘सधै किनेर मात्रै खाने हामी गाउँभरिकाले गोलभेंडा फलाएर विक्री गरेर हातमा पैसा थाप्दा खुसी मात्र लागेको छैन, छक्क परेका छौं ।’

युएनडिपी, धनकुटा नगरपालिका र पर्डेप नेपालबाट सहयोग प्राप्त भएपछि धनकुटा–२ भीरगाउँका प्रेमबहादुर पाठकले गत वर्ष चैत्रमा टनेल घर निर्माण गरे । लगत्तै वैशाखमा उनले टनेल घरमा गोलभेंडा रोपे । रोपेको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म गोलभेंडाले उत्पादन दिइरहेको उनको भनाइ छ । 

बाहिरको खुला वातावरणमा भन्दा टनेल घर भित्रको विरुवा लामो समयसम्म रहने मात्रै उत्पादन पनि धेरै दिने उनको अनुभव छ । टनेल भित्र फलेको गोलभेंडा विक्रीबाट एकै सिजनमा ९० हजार रुपैयाँ आम्दानी गरेको पाठक बताउँछन् । दाताको सहयोगमा एउटा टनेल घर बनाए । मनग्य आम्दानी हुन थालेपछि व्यक्तिगत लगानीमा ९ ओटा टनेल घर बनाएको उनले बताए । उनले भने ‘टनेल भित्रको फल हेर्दा राम्रो र सफा हुने भएकोले गर्दा सबै उपभोक्ताकोे रोजाईमा परेको छ।’ धनकुटा–३ पात्लेका कुलबहादुर कार्की पनि अचेल टनेल घरमा तरकारी फलाएर मनग्य आम्दानी गर्छन् । दशकौं अघिदेखि तरकारीको व्यसायिक खेतीमा उनी संलग्न छन् । बाहिरको खुल्ला वातारणमा भन्दा टनेल घरमा तरकारी फलाउँदा उत्पादन दोब्बर र भाउ राम्रो पाएको उनी बताउँछन् । 

युएनडिपी र धनकुटा नगरपालिकाको आर्थिक सहयोग तथा पर्डेप नेपालको व्यवस्थापनमा आर्थिक वर्ष ०७६/७७ मा क्लाइमेट स्मार्ट भिलेज र आर्थिक वर्ष ०७७/७८ मा कोभिड–१९ रेसपोन्स र सोसियल इकोनोमिक रिकभरि प्रोजेट नामको कृषि कार्यक्रम पेशालाई बढवा दिई रोजगारिका अवसर बढाउने प्रयास गरिएको थियो । किसानलाई उपलब्ध गराएको सहयोगबाट उनीहरुले उत्साहजनक रुपमा तरकारी उत्पादन गरिरहेका छन् ।

सो कार्यक्रम अहिले नगरका १, २, ३ र १० नं. वडाका करिव एक हजार घरधुरीमा सञ्चालन भइरहेको छ । यूएनडिपिले कार्यक्रम मार्फत टनेल घर निर्माण मात्रै होइन रोप्नको लागि गोलभेंडा, ढेडे खोर्सानी, हात्तिसुढें खोर्सानी, ब्रोकाउली, काउली, रायोको साग जस्ता वालीका बीउबिजन समेत निःशुल्क उपलब्ध गराएको थियो । टनेल निर्माणको प्राविधिक पक्ष लागत र खेती सम्वन्धी तालिम समेत संस्थाले दिलाएको परियोजना संयोजक मीनप्रसाद सुवेदीले बताए । 

हाल कार्यक्रम सञ्चालन भइरहेको धनकुटा नगरपालिका क्षेत्रका चार ओटा वडाका हरेक घरमा टनेल घर छन् । टाढाबाट हेर्दा घरैपिच्छे टनेल घर देखिन्छ । टनेलका घर भित्र तरकारी फलेका छन् । फलेका तरकारीले हरियाली देखिन्छ । 

कार्यक्रम अन्र्तगत नगरका ४ ओटा वडामा एक हजार घरधुरीमा प्लाष्टिक टनेल हाउस खरीद तथा निर्माण गरिएको छ । त्यस्तै टनेलमा खेती गर्न उन्नत बीउबिजन वितरण गरिएको छ । 

किसानले फलाएको तरकारी बजारसम्म लैजान र कृषिजन्य सामाग्री ल्याउन सहजहोस भन्ने उद्देश्यले वडा छनौंट गरि ३ ओटा टेम्पो लागत साझेदारीमा वितरण गरिएको थियो । 

त्यस्तै धनकुटा–२ चोक्रोकमा तरकारीका स्वस्थ विरुवा उत्पादन गर्न नर्सरी पोली हाउस निर्माण गरिएको छ । किसानले फलाएको तरकारी विक्री वितरणमा सघाउ पुर्‍याउने उद्देश्यले धनकुटा–१ सिजाली गाउँमा मोडल तरकारी संकलन केन्द्रसमेत निर्माण गरिएको छ । 

कार्यक्रम सञ्चालन भएको वडाको ८ स्थान छनौट गरी हाइटेक भेजिटेवल फारमिङ निर्माण गरिएको छ । रोजगारमूलक कार्यक्रम अन्तर्गत निम्न आय भएका ३० घरधुरी छनौट गरि वंगुर र कुखुरा निःशुल्क प्रदान गरिएको थियो । त्यस्तै सहकारी तथा समूह व्यवस्थापन तालिम समेत प्रदान गरिएको थियो । 

त्यसो त धनकुटा–३ सिप्तिङका भक्त मल्लले हाइटेक भेजिटेवल फार्मिङमा एभोकाडोको कलमी ३ हजार ५०० र कटुसको ५०० ओटा नर्सरी तयार गरेका छन् । एउटा कलमीको कम्तिमा ५०० धनकुटा–३ स्थित सिप्तिङका कृषक कृष्णबहादुर खत्रीले एभोकाडोको कलमी गरेको नर्सरीमा करीब ३ हजार २०० बिरुवा  रहेको छ । 
लगभग ८० प्रतिशत विरुवा हुर्कने अवस्था रहेको छ । उनका अनुसार घरमा रहेको बीउबाट उमारेको बिरुवालाई रुटस्टक भनिन्छ । फल्दै गरेको गुणस्तरीय बोटको हाँगा (साईन) लाई ल्याएर ग्राफटिङ विधिवाट जोडिन्छ । त्यसरी तयार गरेको विरुवालाई कलमी भनिन्छ । यस्तो विरुवालाई एकदम हिफाजात र राम्रो हेरचाह गरिरहनु पर्छ बिरुवा वचेको नबचेको करीब ४ महीनामा थाहा हुने खत्री बताउँछन् । उनलाई टनेल भित्र टमाटर, धनिया नलगाएर किन यता लागेको भनेर सोध्दा टमाटर, धनियाँबाट बढिमा रू. ५० हजार कमाईन्थ्यो होला तर मलाई यो टनेल उपलव्ध भएपछि नर्सरी गर्दा बिरुवा झन सुरक्षित र हुर्काउन सजिलो भएको महशुस भयो । 

किनभने टनेल भित्र नर्सरी गर्दा तापक्रम झन् मिलेर विरुवालाई आवश्यक तापक्रम मिली विरुवालाई फाईदा पुगेको महसुस गरेको बताए । बजार मूल्य पाउन सक्दा कम्तिमा पनि ३०० देखि अधिकतम ६०० सम्म पाउन सकिने भएकाले मेहनत गर्दा लाखौ आम्दानी हुने भएकाले यसतर्फ आकर्षित भएको कुरा बताए । 

पर्डेप नेपालका कृषि अधिकृत सूर्य प्रसाद सापकोटाले यो कार्यक्रम मार्फत एउटा घर एउटा टनेल अनिवार्य राख्नु पर्ने रहेछ भनेर किसानहरुमा चेतनाको विकास भएको बताए । किसानहरु बेमौसमी उत्पादन गर्ने, अर्गानिक उत्पादन गर्ने, रासायनिक तिर नजाने, आफू पनि बाँच्ने अरुलाई पनि बचाउनेतर्फ जोड दिन थालेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्