ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

३ करोडभन्दा बढी खराब कर्जा उठाएको सबैको लघुवित्तको नाफा ११ करोडभन्दा बढी 

२०७८ सावन, १३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ११ करोड ४३ लाख १६ हजार खुद नाफा गरेको छ । 

बुधवार सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष करीब २३२ प्रतिशतले नाफा वृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ४४ लाख ४६ हजार मात्र खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीले रू. ३ करोड १ लाख १७ हजार खराब कर्जा संकलन गरेको छ भने खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षभन्दा ४९ प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. १५ करोड ९४ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष रू. २३ करोड ७६ लाख ५ हजार गरेको छ । 

गत वर्ष कम्पनीले सम्भावित जोखिम शीर्षकमा ५७ दशमलव ४२ प्रतिशत कम रकम छुुट्याएकाले सञ्चालन मुनाफा १७६ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो वर्षको चौथो त्रैमाससम्म रू. ४ करोड ५२ लाख ५७ हजार सम्भावित जोखिम शीर्षकमा छुट्याएको कम्पनीले गत वर्षृ रू. १ करोड ९२ लाख ६९ हजार मात्र छुट्याएको छ । 

जसका कारण अघिल्लो वर्ष रू. ५ करोड ४७ लाख ८ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १५ करोड १३ लाख ३६ हजार यो नाफा गरेको छ ।

१० दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर रू. २० करोड ६० लाख २७ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि १९५ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष रू. ४ करोड ३२ लाख ५० हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. १२ करोड ८० लाख ४ हजार कायम भएको छ । 

कम्पनीले करिब ६५ प्रतिशत बढी रू. २ अर्ब ४० करोड ७५ लाख ९९ हजार विभिन्न बैंक तथा वित्तीय संस्थासँग कर्जा सापटी लिएको छ भने ७४ प्रतिशत बढी रू. ३ अर्ब ४३ करोड ७४ लाख ८७ हजार कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले रू. ९० करोड २८ लाख ७२ हजार निक्षेप संकलन गरेको छ । 

निष्क्रिय कर्जा १ दशमलव ६१ प्रतिशतदेखि बढेर २ दशमलव २५ प्रतिशत कायम भएको कम्पनीले आफ्ना सदस्यहरुलाई निक्षेपमा ४ देखि ९ प्रतिशतसम्म र कर्जामा १० प्रतिशतदेखि १५ प्रतिशत सम्म ब्याजदर कायम गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ५५ दशमलव ४९ र प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव १३ रहेको छ । यस अवधिसम्म कम्पनीले २० दशमलव ३१ प्रतिशत तरलता व्यवस्थापन गरेको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले हाल देशका सात ओटै प्रदेशहरुका ४० जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले ७७ ओटा शाखा कार्यालयहरु मार्फत ५३ हजार ८२५ घरपरिवारमा लघुवित्त सेवा प्रदान गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्