ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

छिटो अवधिभित्र विक्री भएन नबिल बैंकको ऋणपत्र, साउन २४ गतेसम्म विक्रीको मिति तय 

२०७८ सावन, १३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । साउन १० गतेदेखि विक्रीमा आएको नबिल बैंक लिमिटेडको वार्षिक ८ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने अवधि लम्बिएको छ । 

कम्पनीले छिटो अवधि साउन १३ गतेभित्र माग बमोजिमको आवेदन नपरेपछि ढिलो अवधि साउन २४ गतेसम्मको मिति तय गरेको हो । यो बिचमा माग बमोजिमको आवेदन प्राप्त भएमा कुनै पनि दिन विक्री बन्दको सूचना सार्वजनिक गर्ने जानकारी पनि बैंकले दिएको छ ।

कम्पनीले ७ वर्षे अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको कुल कित्तामध्ये रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणमा र बाँकी रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बैंक आफैले विभिन्न व्यक्ति तथा संघ संस्थाहरुमा विक्री गर्नेछ । 

सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये पनि बैंकले ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले बैंकलाई निकै कम कर्जा जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने कम्पनीहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको बुझाउँछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्