ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लक्ष्मी उन्नति कोषको इकाई मूल्य समायोजन  

२०७८ सावन, १३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लक्ष्मी उन्नति कोषको इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले कोषले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो । 

मंगलवार कायम कोषको अन्तिम इकाईमूल्य १५ रूपैयाँ १२ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १२ रूपैयाँ ६२ पैसा तोकेको हो । कोषले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो । 

बुक क्लोजपछि कोषको इकाई खरीद गर्ने इकाईधनीहरुले भने यस वर्षको लाभांश प्राप्त गर्ने छैनन् । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलको व्यवस्थापनमा सञ्चालित यस योजना सञ्चालनमा रहेको छ । यस वर्ष सबैभन्दा पहिला लाभांश घोषणा गर्ने यो पहिलो कम्पनी हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्