ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दोहोरो अंकले बढेको बजारमा तीन ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

२०७८ सावन, १३  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार अघिल्लो कारोबार दिनको तुलनामा बजार  १५ दशमलव ३० अंकले वृद्धि भएको छ ।

 कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये  तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यो दिन नारायणी डेभलपमेण्ट बैंक,मल्टीपर्पस फाइनान्स र चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

ती तीन ओटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

नारायणी डेभलपमेण्ट कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८०३ पुगेको छ । उक्त कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

विक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी यो दिन मल्टीपर्पस फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.५३४ दशमलव ८० र चन्दागिरी हिल्सको शेयरमूल्य रू.१ हजार ६३७ दशमलव ९० पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्