ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

१५.३० अंकले बढ्यो बजार, होटल्स तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाए

२०७८ सावन, १३  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेपालको शेयर बजार ३ हजार ९४ दशमलव ९४ विन्दुमा पुगेर बन्द भएको छ ।

यो दिन अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक शून्य दशमलव ५० प्रतिशत अर्थात् १५ दशमलव ३० अंकले बढेको हो ।३ हजार ८८ दशमलव ४५ विन्दुदेखि खुला भएको बुधवारको बजार ३ हजार ११२ दशमलव २१ विन्दुसम्म पुगेको थियो भने ३ हजार ७५ दशमलव ९५ विन्दुसम्म झरेको थियो । 

अघिल्लो कारोबार दिन मंगलवार नेप्से परिसूचक २९ दशमलव २४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ विन्दुमा बन्द भएको थियो । बुधवार सेन्सेटिभ इन्डेक्स भने स्थिर रहेको छ । 

यस दिन नेप्से परिसूचक बढेपनि अघिल्लो कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ । मंगलवार रू. १५ अर्ब १७ करोड ६ लाख ५१ हजार बराबरको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर कारोबार भएकोमा बुधवार रू. १३ अर्ब २९ करोड १९ लाख ५४ हजार बराबरको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर कारोबार भएको छ ।

यो कारोबार २१९ पटकको व्यापारमा १ लाख २८ हजार ७८० पटकको व्यापारमा भएको हो । बुधवार सर्वाधिक रकमको कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको रू. ३८ करोड ६१ लाख ४७ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ६ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू. ४८६ पुगेको छ ।

युनाइटेड मोदी हाइड्रोपावरपछि नेशनल हाइड्रोपावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. ३६ करोड ५३ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. १० ले बढेर अन्तिम मूल्य रू. ३७७ कायम भएको छ । 

यस दिन नारायणी डेभलपमेण्ट बैंक, मल्टिपर्पस फिनांस र चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ । नारायणी डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. ७३ ले बढेर अन्तिम मूल्य रू. ८०३, मल्टिपर्पस फिनांसको प्रतिकित्ता रू. ४८ दशमलव ६० ले बढेर अन्तिम मूल्य रू. ५३४ दशमलव ८० र चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता रू. १४८ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. १ हजार ६३७ दशमलव ९० कायम भएको छ । 

बुधवार बढेको बजारमा पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५ दशमलव शून्य ७ प्रतिशत घटेको छ । यस दिन पञ्चकन्यामाई हाइड्रोको शेयरमूल्य प्रतिकित्ता रू. १९ ले घटेर अन्तिम मूल्य रू. ३५६ कायम भएको छ ।

बुधवार होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ७ दशमलव शून्य ९ प्रतिशत बढेको छ भने निर्जीवन बीमाको ३ दशमलव शून्य ८ प्रतिशत, लगानी समूहको २ दशमलव ८९ प्रतिशत, वित्तको २ दशमलव ६३ प्रतिशत, जीवन बीमाको २ दशमलव ४१ प्रतिशत,  विकास बैंकको १ दशमलव शून्य १ प्रतिशत, व्यापारिकको शून्य दशमलव ४ प्रतिशत, अन्यको शून्य दशमलव ९२ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव ६७ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन जलविद्युत् समूहको सर्वाधिक १ दशमलव ४७ प्रतिशतले परिसूचक घटेको छ भने बैंकिङ्गको शून्य दशमलव ८७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५५ प्रतिशत र म्चुअुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्