ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रिमियर स्टिलले पायो ३६ एमएममा नेपाल गुणस्तर प्रमाण

२०७८ सावन, १४  
बजार
Chelsea International NA

काठमाडौं (अस) । प्रिमियर स्टिलले ३६ एमएम समूहमा नेपाल गुणस्तर प्रमाणचिह्न प्राप्त गरेको छ । सो समूहमा नेपाल गुणस्तर प्रमाण पाउने यो पहिलो नेपाली कम्पनी भएको हो ।

३६ एमएमको छड ठूला परियोजना हाइड्रोपावर, पुल तथा ड्याम निर्माणमा प्रयोग हुने गरेको छ । यसअघि ३० एमएमको छड छिमेकी भारत वा अन्य मुलुकबाट आयात गरिँदा निर्माण कार्यमा ढिलाइ हुने गरेको थियो ।

अब नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नुपर्ने अवस्था हट्नेछ । प्रदेश १ को सबैभन्दा ठूलो स्टिल कम्पनीका रूपमा स्थापित यो उद्योगको  दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता छ । कम्पनीले ८ एमएमदेखि ४० एमएमसम्मका छड उत्पादन गर्दै आएको छ ।

‘प्रिमियम बिलेटको मात्र प्रयोग गरेर टीएमटी बार उत्पादन गर्दै आएको छौं । यसले हाम्रा उत्पादन उच्च स्तरका रहेको सुनिश्चित गर्न सक्षम भएका छन् । ३६ एमएम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनि यसको प्रमाण हो’, प्रिमियर स्टिलका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर सौरभ सारडाले भने । पूर्ण कम्प्युटर कन्ट्रोल्ड मेसिन प्रयोग गरी उत्पादन गरिने भएकाले कम्पनीको उत्पादन सधैंभर एकै गुणस्तरको हुने उनको धारणा छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्