ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाली विज्ञहरूको उल्टो बोली

२०७८ सावन, १४  
१० वर्ष अघि
Chelsea International NA

जसै माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए भोलिपल्टै सेयर बजार झन्डै १५ प्रतिशतले उकालो लागिहाल्यो । कति अलोकप्रिय रहेछन् त माधव नेपाल यो नयाँ नेपालमा ? नेपालले पद छाड्ने बित्तिकै राजनीतिले निकास पाउँछ र अब नेपाल देशले विकासै विकास विकास पाउँछ भन्ने कत्रो विश्वास ? तर वास्तवमै त्यस्तै हो त ? नेपालले पद छोड्दा नेपालमा विकास नै हुन्छ त ?

गहिरिएर सोच्दा त्यस्तो देखिँदैन, किनभने नेपालका ठूला विद्वान् र विश्लेषकहरूले गर्ने गरेको भविष्यवाणी सबैजसो फेल खाने गरेका छन् । उदाहरणका लागि जहिले जहिले नेपालमा नामी बेनामी शेयर बजारका विश्लेषकहरूले बजार बढ्ने भविष्यवाणी गरेका छन् तबतब बजार घटेको र जबजब घट्छ भनेका छन् तबतब बजार बढ्ने गरेको छ । गएको दुई वर्षमा यसै साप्ताहिकमा पनि अब शेयर बजार बढ्ने आसयका केही दर्जन शीर्षकमा वरिष्ठ शेयर विश्लेषकहरूको विचार छापिएकै हुन् । तिनले भनेअनुसार बजार बढेको भए अहिले सेयरको भाउले सुनको भाउलाई छोएको हुन्थ्यो होला । तर हेर्नुस् अहिले कहाँ छ सेयरको भाउ ? अनि कहाँ छ सुनको भाउ ?

कुरो शेयर र सुनको भाउको मात्र हैन, नेपालका प्रायः हरेक क्षेत्रका विज्ञले भनेको कुरा प्रायः उल्टो हुने गरेको देखिन्छ । जस्तै मौसमविद्हरूले अब पानी पर्छ भने पानी पर्ने त छाडिदिऊँ छिटा पनि पर्दैन, अर्थशास्त्रीहरूले गर्ने गरेको अनुमानको त उल्लेख गरिरहन नपर्ला ।

(तीतोमीठोबाट)

वर्ष ५, अंक ४४, २०६७, असार २१– २७

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्