ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बिहीवार पनि बढ्यो सुन तथा चाँदीको मूल्य 

२०७८ सावन, १४  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ३०० ले बढेको सुनको भाउ बिहीवार पनि सोही अंकले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. १ हजार २५५ मा कारोबार भएको चाँदी बिहीवार रू. १५ ले बढेर रू. १ हजार २७० खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्