ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चितवनमा फेरि १० दिन निषेधाज्ञा थपियो 

२०७८ सावन, १४  
वाग्मती प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आगामी साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

जिल्लामा कोभिड १९  को संक्रमणको जोखिम उत्तिकै रहेको र डेल्टा भेरियण्ट भाइरससमेत पुष्टि भएको भन्दै साउन २४ गतेसम्म निषेधाज्ञा थपिएको हो । 
प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्नो पेशा व्यापार व्यवसाय चलाउन अनुरोध गरेको छ । 

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको निषेधाज्ञामा भौतिक रुपमै उपस्थित भई  कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ ।

भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने साधारण सभाको लागि मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थित जनाई प्रशासनसँग स्विकृति लिनुपर्ने छ । यसैगरी भौतिक रुपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिमखाना, फुटसलहरु सञ्चालन गर्न पाइने छैन । यस्तै मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने जारी आदेशमा उल्लेख छ 

साथै आदेशमा शैक्षिक संस्थामा परीक्षा सञ्चालन गर्दा जेड आकारमा सिट प्लान गर्ने र एउटा कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने उल्लेख छ । यस्तै लामोदुरीका सवारीसाधनहरु ट्राफिक कार्यालयको समन्वयमा सीमित संख्यामा सञ्चालन गर्न पाइने उल्लेख छ ।

 ऋव जिल्लामा सार्वजनिक सवारी साधनहरु जोरविजोर प्रणाली अनुसार सञ्चालन गरिने भएको छ । अन्य नियमहरु पुरानै आदेश बमोजिम अनुसार सञ्चालन गर्न पाइने पनि आदेशमा उल्लेख छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्