ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महुली लघुवित्तले चौथो त्रैमाससम्म कमायो ९ करोड ८० लाखभन्दा बढी नाफा 

२०७८ सावन, १५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौैं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथा त्रैमाससम्म रू. ९ करोड ८० लाख ४७ हजार खुद नाफा गरेको छ । 

कम्पनीले शुक्रवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष ३५५ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष कम्पनीले रू. २ करोड १५ लाख ४१ हजार यो नाफा गरेको थियो । 

गत वर्ष कम्पनीको सञ्चालन मुनाफा पनि २९२ दशमलव ९४ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ३ करोड ४८ लाख ७१ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले गत वर्ष रू. १३ करोड ७० लाख २३ हजार यो मुनाफा गरेको हो । 

अघिल्लो वर्षभन्दा ३८ प्रतिशत कम रू. २ करोड ९० लाख ९ हजार मात्र सम्भावित जोखिम शीर्षकमा छुट्याएकाले कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा पनि उल्लेख्य वृद्धि भएको हो ।

अघिल्लो वर्षभन्दा ४० दशमलव २० प्रतिशतले चुक्तापूँजी बढाएर रू. २२ करोड ३९ लाख ४४ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम साढे ६१ प्रतिशत बढी रू. २४ करोड ८० लाख २७ हजार कायम भएको छ ।

गत वर्ष अघिल्लो वर्षभन्दा ४३ प्रतिशत बढी रू. १ अर्ब ५५ करोड ६७ लाख ४४ हजार कर्जा सापटी लिएको कम्पनीले साढे १८ प्रतिशत बढी रू. ३२ अर्ब २ करोड ८५ लाख ८९ हजार निक्षेप संकलन गरेको छ । यस अवधिमा कम्पनीले अघिल्लो वर्षभन्दा ३८ प्रतिशत बढी रू. ३ अर्ब २२ करोड ८५ लाख ८९ हजार कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्ष २ दशमलव शून्य ६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव शून्य ९ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४३ दशमलव ७८ र प्रतिशेयर नेटवर्थ रू. २१० दशमलव ७५ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्