ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तीन ओटा कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन 

२०७८ सावन, १५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । साउन ३ गतेदेखि लिलामीमा आएको एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन रहेको छ । 

यसअघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानी कोष, आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुन: लिलामीमा आएको हो । 

यस पटक नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो । 

नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२१, आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू. ४८१ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५४१ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

यी कम्पनीहरुको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्