ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नयाँ काम नयाँ जाँगर

२०७८ सावन, १५  
१० वर्ष अघि
Chelsea International NA

विदेशमा बसेर नेपालको अवस्थाको बारेमा गफ गर्नुभन्दा स्वदेशमा सानै भए पनि सार्थक काम गर्नु ठीक हुन्छ भन्ने सोचका सञ्जीव सुब्बा नेशनल बैंकिङ ट्रेनिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत छन् । लखनउबाट वाणिज्य शास्त्रमा स्नातक गरेर नेपाल फर्केपछि सन् १९९१ मा तत्कालीन ग्रिन्डलेजन बैंक (हालको स्टान्डर्ड चार्टर्ड) मा जागिर खाने मौका पाए उनले । करिब ८ वर्ष उक्त बैंकमा काम गरेपछि एमबीए पढ्न थाइल्यान्ड जानलाग्दा साथीभाइले उनलाई हुँदाखाँदाको बैंकको आकर्षक जागिर छाडेर किन पढ्न जानु ? भनेर जिस्क्याएका थिए । तर उनले त्यसलाई वास्ता गरेनन् । उनी थाइल्यान्ड गए र एमबीएको पढाइ पूरा गरे र त्यसपछि बैंकमा आफूले काम गर्नुभन्दा बैंकिङ क्षेत्रको जनशक्तिलाई कसरी थप सक्षम बनाउने भन्नेतिर उनी सोच्न थाले ।

‘म बैंकिङ क्षेत्रमा नआएको भए पत्रकार नै हुन्थेँ होला । तर त्यति बेलाको अवस्थाले बैंकको जागिरे बनायो ।’ उनले पत्रकारिताप्रति रुचि देखाउँदै भने । एमबीए पूरा गरेपछि उनी आफूले अध्ययन गरेको वेबस्टर विश्वविद्यालयमै शैक्षिक सल्लाहकार पनि भएका थिए । एमबीए र प्रोफेसनल डेभलपमेन्ट प्रोग्रामको निर्देशक हुँदै सन् २००४ देखि २००६ सम्म विश्वद्यिालयकै निर्देशकसम्म भए । अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा रहेर विभिन्न देशका मानिसहरूसँग काम गर्दाको अनुभव निकै उत्साहपूर्ण रहेको उनी बताउँछन् ।

(नेपाल बैंकिङ ट्रेनिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा, व्यक्तित्व स्तम्भबाट)
वर्ष ५, अंक ४४, २०६७, असार २१– २७

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्