ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

शासकीय सोच

२०७८ सावन, १५  
पाठक विचार
Chelsea International NA

जुनसुकै दल सरकार गए पछि विभिन्न नीति, कार्यनीति र रणनीति लागू गरेर सवैलाई ठीक पार्ने सोच पलाउँदो रहेछ । सरकारभन्दा बाहिरका नागरिकले राम्रो नराम्रो के भन्छन् भनेर बुभ्mने त्यहीअनुसार अगाडि बढ्ने सोचनै आउँदो रहेनछ । केपी ओली सरकारले अनेक वितण्डा मच्चायो, नयाँ सरकारलाई पनि त्यही भूतले सताउन थालेको छ । सरकारमा गएपछि आप्mना विरोधीलाई यो वा त्यो ढंगले कानूनको दायरमा ल्याएर नियन्त्रण र शासन गर्ने मनसाय कहिल्यै राम्रो हुँदैन ।

सरकारले कुल बजेटको करीब २५ प्रतिशत बजेट (आधा उधारो) ९८ प्रतिशत जनताको लागि विनियोजन गरिएको छ भने करिव ७५ प्रतिशत बजेट २ प्रतिशत सुकिला मुकिला व्यक्तिहरूको भरण पोषणका लागि व्यवस्था गरिएको छ । शिक्षा स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने साधनका रूपमा विकास गरिएको छ । स्थानीय करको दर र दायरा आकाशिँदो छ । गरीब निमुखाले तिरेको ७५ प्रतिशत कर प्रत्यक्ष अप्रक्ष रूपमा धनी वर्गका लागि विनियोजन भएको पाइन्छ ।

सरकारका प्रधानमन्त्री, मन्त्रीहरू र सरकारको नुन चाटेका आसेपासेहरू मुरली बजाएर, माला र खादा लगाएर सपना बाँड्न व्यस्त छन् । गरीब निमुखा नागरिकले उठाएका आवाजहरूको ओठे जवाफ दिन लागिपरेका छन् । हाम्रो सरकार आधारभुत तथा मौलिक अधिकारका बारेमा थोरै पनि हेक्का राख्दैन । गलत नीति र जनचाहना विपरितका काम गर्न नै रुचाउँछ । भित्तामा पुगेको कांग्रेस केपी ओलीको मनपरितन्त्रका कारण सत्तामा पुग्न पाएको छ । तर ऊ अझै चेतेको छैन । बाध्यताले गर्दा कांग्रेसलाई अरूले सहयोग गरेका हुन् । तर डेढ वर्षमा यस्तै शासन चलायो भने कांग्रेसले आगामी निर्वाचन जित्ने छैन । कांग्रेसले राम्रो गरेर होइन, वामपन्थीहरूले नराम्रो गरेर मात्रै शासन गर्ने अवसर पाएको हो । तर, शासकीय सोच भने कांग्रेसमा अत्यधिक छ । कसैलाई नगन्ने र आपैm सर्वेसर्वा ठान्ने प्रवृत्ति छ ।

सुशासनका नाममा सदाचार नीति जारी गरेर यो सरकारले नागरिक संस्था, अन्तरराष्ट्रिय गैर सरकारी संस्था, विरोधी दल र दातृ निकायलाई आपूmअनुकूल प्रयोग गर्छु भनेर सोचेको रहेछ भने त्यो उसको लागि प्रतिउत्पादक र आत्मघाती हुनेछ । कांग्रेस सरकारले सुशासन, विकास, समृद्धि, शान्ति देला भन्ने अपेक्षा नै छैन । खालि ओलीले भन्दा खराब काम नगरोस् भन्ने चाहना धेरैमा छ । तर, यस्तो चाहना विपरीत कांग्रेसले कदमकदममा गल्ती गरिरहेको छ । के कुनै पनि दल सत्तामा जानेबित्तिकै यस्तै हुने हो त ?

सोमप्रसाद धिताल
रानीवन, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्