ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सामसुङ ग्यालेक्सी एफ२२ बजारमा

२०७८ सावन, १५  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । सामसुङ मोबाइल नेपालले नेपाली बजारमा ग्यालेक्सी एफ२२ स्मार्ट फोन भित्र्याएको छ ।

ह्यासट्याग फुल अन फन स्लोगनसहितको स्मार्ट फोनमा विभिन्न सेवा उपलब्ध छन् । युवायुवतीका लागि सेटमा उपलब्ध सुविधाले थप सहजता प्रदान गर्ने कम्पनीले बताएको छ ।

यो फोनमा ९० हर्ज रिफ्रेस रेटका साथ ६ दशमलव ४ इन्चको एचडीप्लस एमोलेड डिसप्ले छ । यसमा ६ हजार एमएएचको ब्याट्री, ४८ मेगापिक्सलको क्वाड क्यामेरालगायत सुविधा छन् ।

‘नवीनतम आविष्कार तथा सर्वसुलभताबीचको ग्यापलाई पूर्ति गर्न ग्यालेक्सी एफ२२ स्मार्ट फोन नेपाली बजारमा बिक्री सुरु गरेका हौं । अहिलेका युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने विश्वास छ । ग्यालेक्सी एफ२२ को डिजाइन नै नयाँ पिँढी लक्षित रहेको छ,’ सामसुङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले भने ।

ग्यालेक्सी एफ२२  मा सेगमेन्ट लिडिङ फिचर समावेश गरिएकाले स्मार्ट जेनेरेसनका लागि उपयुक्त हुने विश्वास उनको छ ।

फोनमा उत्कृष्ट दृश्यावलोकनका साथै ६०० निटस्को ब्राइटनेस मोड, उत्कृष्ट अडियोका लागि डल्बी एटम्सका कारण सिनेम्याटिक दृश्यावलोकनको मजा लिन सकिनेछ ।   सेटमा १५ वाटको यूएसबी–सी फास्ट चार्जर, अक्टा–कोर मेडियाटेक हेलियो जी८० प्रोसेसर, ब्राउजिङ तथा मल्टिपल एप प्रयोग गर्दा बहुकार्यक्षमता प्रदर्शन गर्छ । फोन डेनिम ब्लु, डेनिम ह्वाइट र डेनिमब्ल्याकजस्ता रंगमा उपलब्ध छ । कम्पनीले फोरजीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य २० हजार ४९९,  सिक्सजीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २३ हजार ९९९ रुपैयाँ तोकेको छ ।

फोन नेपालभरका सामसुङ ब्रान्ड सप तथा रिटेल स्टोरमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्