ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एसयूभी स्कोडा कुसाकको बिक्री सुरु

२०७८ सावन, १५  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको एसयूभी स्कोडा कुसाकको बिक्री सुरु गरेको छ । नयाँ कुसाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिने कम्पनीले बताएको छ ।

एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुसाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो क्षेत्रमा बलियो उपस्थिति जनाइसकेको छ ।
 
‘स्कोडा कुसाकमार्फत हामी अटोमोबाइल बजारको सबैभन्दा रोमाञ्चक सेग्मेन्टमा प्रवेश गरेका छौं । कुसाक स्टाइलिस मात्र होइन, रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस, फिचरले भरिएको र फ्युचर–प्रुफ छ’, स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।

रोबस्ट र मस्कुलर देखिने कुसाकको इन्टेरियर सुन्दरता र आधुनिकताको समिश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् ।
नयाँ कुसाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । यसको ह्विलबेस २६५१ एमएम, ग्राउन्ड क्लेरेन्स १८८ एमएम, आरामदायी इन्टेरियर, फ्री–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन, टु–स्पोट मल्टिफंक्सन स्टेरिङ, डोर ह्यान्डल, ह्यान्ड लकिङ बटन र एयर भेन्ट क्रोम–प्लेटेड, अत्याधुनिक र इफिसेन्ट टिएसआई इन्जिनलगायत विशेषता छन् ।

नयाँ कुसाकको दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाईफाई हटस्पट, ह्यान्ड फ्री फोन कलका लागि एक्सटरनल माइक्रोफोन, ६ वटा स्पिकर, अगाडि डाटा कनेक्ट र चार्जिङका लागि सेन्टर कन्सोलमा दुई वटा र पछाडि मोबाइल डिभाइस चार्जिङका लागि दुई वटा यूएसबी सी पोर्ट आदि सुविधा छन् ।

गाडीमा ६ वटा एयरब्याग र सबै पाँच सिटका लागि थ्री प्वाइन्ट सिट बेल्ट, पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि राखिएको छ ।

कम्पनीले नेपाली बजारमा बिक्री सुरु गरेको कुसाक भेरियन्टअनुसारको मूल्य एक्टिभ एमटीको ४९,९०,०००, एम्बिसन एमटी ५३,९०,०००, एम्बिसन एटी ५८,९०,०००, स्टाइल एमटी ६०,९०,००० र स्टाइल एटीको ६५,९०,०० रुपैयाँ तोकेको छ ।

एमएडब्लुले कुसाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्यूनतम ब्याजदर योजना सार्वजनिक गरेको छ । ग्राहकले ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षसम्म स्कोडा कुसाक खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्