ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुपरमाई हाइड्रोपावरले आव्हान गर्‍यो सातौँ वार्षिक साधारण सभा

२०७८ सावन, १५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । सुपरमाई हाइड्रोपावर पब्लिक लिमिटेडले भदौ ५ गते सातौँ वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ११ दशमलव ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्