ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्रामीण विकास लघुवित्तको छैठौं वार्षिक साधारण सभा भदौ ५ गते

२०७८ सावन, १५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भदौ ५ गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाको प्रस्तावमा अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ । 

त्यस्तै, सभाले संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने, सर्वसाधारण समूह अन्तर्गत शेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बन्द हुनेछ । साउन २४ गतेसम्मका कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्