ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआइबिएल सहभागिता फण्डद्वारा ५०% नगद लाभांश वितरण गर्ने घोषणा

२०७८ सावन, १५  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । एनआइबिएल सहभागिता फण्डले आफ्ना इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ । 

फण्डले आव २०७७/ ७८ को लेखा परिक्षण सम्पन्न भई साउन १४ गते बसेको सञ्चालक समितिले उक्त नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त नगद लाभांश प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन १४ गते बन्द भएको छ । यस आधारमा साउन १३ गतेसम्म कायम इकाईधनीले नगद लाभांश पाउनेछन् । यस फण्ड एक खुला मुखी योजना हो । 

उक्त फण्डका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश(कर तथा निर्धारित डिपी शुल्क ) बराबरको रकमबाट नगद लााभंश वितरण पछि समायोजित मूल्यमा लाभांश पुन : लगानी योजना मार्फत उक्त रकमल थप इकाईहरु खरीद गर्न सक्ने सुविधा पनि रहेको छ ।

फण्डले सो सुविधा उपभोग गर्न चाहने योग्य इकाईधनीहरुले एनआइबिएल एस क्यापिटल लिमिटेडका शाखाहरु तथा तोकिएका  वितरकहरुमा फारम भरी नाम दर्ता गराउन अनुरोध गरेको छ ।धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्