ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नक्साल भगवती चोकमा ट्राफिक संकेत बत्ती जडान गर्न कुमारी बैंकको सहयोग

२०७८ सावन, १५  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । कुमारी बैंकले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका वडा नं १, नक्साल भगवती मन्दिर चोकमा जडान गर्न ट्राफिक संकेत बत्ती प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको हो ।

उक्त ट्राफिक संकेत बत्तीको हस्तान्तरण पश्चात् बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको सञ्चालन शुभारम्भ गरेका हुन् । 

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बैंकले ट्राफिक संकेत बत्ती जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरे ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्