ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यो साता करीब ६८ अर्बको शेयर कारोबार : कुल बजार पूँजीकरण हालसम्मकै उच्च

२०७८ सावन, १६  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । यो साता शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । साताको पाँच कारोबार दिनमा रू. ६७ अर्ब ७४ करोड ६ लाख ३९ हजार बराबरको शेयर कारोबार भएको हो । गत साता चार ओटा कारोबार दिनमा रू. ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार बराबरको शेयर कारोबार भएको थियो । गत साताको चार कारोबार दिनको तुलनामा यो साता कारोबार रकम रू. २५ अर्ब २७ करोड ७० लाख ४२ हजार बढी भएको हो । कारोबार रकमसँगै यो साता कारोबार कित्ता पनि बढेको छ । 

गत साता १५ करोड ४० लाख ६ हजार ७०२ कित्ता शेयर कारोबार भएकोमा यो साता १६ करोड ७५ लाख ६६ हजार ११४ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता १ करोड ३५ लाख ५९ हजार ४१२ कित्ता बढी शेयर कारोबार भएको हो । कारोबार रकमको उत्साहसँगै यो साता कारोबार मापक नेप्से परिसूचक पनि ७५ दशमलव ५२ अंक माथि पुगेको छ । 

गत साता ३ हजार ४ दशमलव ३१ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ३ हजार ७९ दशमलव ८३ विन्दुमा पुगेको हो । साताको पाँच कारोबार दिनमा यो साता पहिलो दिन ५४ दशमलव ३१ अंक, तेस्रो दिन २९ दशमलव २४ अंक र चौथो दिन १५ दशमलव ३० अंक नेप्से बढेको थियो । साताको दोस्रो दिन ८ दशमलव २४ अंक र पाँचौ दिन १५ दशमलव ११ अंकले नेप्से घटेको हो । 

नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ६१ अंक बढेर ५७० दशमलव ८५ विन्दुमा पुगेको छ । गत साता सेन्सेटिभ इन्डेक्स ५६२ दशमलव २४ विन्दुमा रहेको थियो । कोभिडका कारण विगत दुई वर्षदेखि प्रभावित नेपालको अर्थतन्त्रलाई सहज बनाउने किसिमको मौद्रिक नीतिको तयारी गरिरहँदा बजारप्रति पनि सकारात्मक नीति आउँनेमा लगानीकर्ताहरु आशावादी देखिएका छन् । कोभिडका कारण जारी लकडाउन तथा निषेधाज्ञाबिच पनि सकारात्मक गति लिएको शेयर बजारले आगामी दिनमा पनि थप गति लिनेमा आशावादी हुँदै लगानी बढाएको जानकारी लगानीकर्ताहरुले दिएका छन् ।

सर्वाधिक पूँजीकरणमा यो साता पनि नबिल बैंककै बर्चश्व 
नेपालको शेयर बजारमा सूचीकृत कम्पनीहरुको कुल शेयरको मूल्य अर्थात् कुल बजार पूँजीकरण रू. ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख पुगेको छ । यो साता कारोबारको चौथो दिन कुल बजार पूँजीकरणले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । 

यस अघि जेठ ३१ गते कायम भएको सर्वाधिक रू. ४२ खर्ब १६ अर्ब १० लाख बराबरको कुल बजार पूँजीकरणको ऐतिहासिक रेकर्डलाई ब्रेक गर्दै रू. ४३ खर्ब ५ अर्ब २२ करोड ५० हजार कुल बजार पूँजीकरण कायम भएको थियो । गत सातादेखि कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको नबिल बैंकले यो साता पनि सो स्थान सुरक्षित गरेको छ । 

यसअघि नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक पूँजीकरण रहेको थियो । धितोपत्र दोस्रो बजारमा १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको नबिल बैंकको शेयरमूल्य साउन १४ गते प्रतिकित्ता रू. १ हजार ४७७ कायम भएको हो । यस दिन बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५ ले घटेर कुल बजार पूँजीकरण रू. १ खर्ब ९९ अर्ब १० करोड १९ लाख ३५ हजार पुगेको छ । 

त्यस्तै, दोस्रो बजारमा १५ करोड शेयर सूचीकृत रहेको नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य पछिल्लो अन्तिम कारोबार दिन बिहीवार प्रतिकित्ता रू. २ ले बढेर रू. १ हजार ३०३ कायम भएको छ । यस दिन नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. १ खर्ब ९५ अर्ब ४५ करोड कायम भएको छ । 

कुल बजार पूँजीकरणमा नबिल बैंकले नेपाल दूरसञ्चार कम्पनीलाई रू. ३ अर्ब ६५ करोड १९ लाख ३५ हजारले पछि पारेको हो । गत साताको अन्तिम कारोबार दिन नबिल बैंकको कुल बजार पूँजीकरण रू. १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार र नेपाल दूरसञ्चार कम्पनीको रू. १ खर्ब ९४ अर्ब ४० करोड रहेको थियो । गत साताभन्दा दुवै कम्पनीको कुल बजार पूँजीकरण बढेको छ ।

यो साता विकास बैंकको समूहगत परिसूचक सर्वाधिक बढ्यो, म्युचुअल फण्डका इकाईधनीहरुले  गुमाए 
यो साता होटल्स तथा पर्यटन समूहसँगै जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाउँदा म्युचुअल फण्डका इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् ।

गत साताको तुलनामा यो साता होटल्स तथा पर्यटन समूहको सर्वाधिक ७ दशमलव ८९ प्रतिशतले परिसूचक बढेको छ भने जलविद्युतको दोस्रोमा ७ दशमलव २० प्रतिशतले बढेको छ । 

यी सँगै व्यापारिकको २ दशमव शून्य ३ प्रतिशत, विकास बैंकको २ दशमलव ४२ प्रतिशत, वित्तको ६ दशमलव ५८ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव ८८ प्रतिशत, अन्यको ३ दशमलव शून्य १ प्रतिशत, लघुवित्तको १ दशमलव ८४ प्रतिशत, जीवन बीमाको ४ दशमलव शून्य ७ प्रतिशत र लगानी समूहको ४ दशमलव ३७ प्रतिशत परिसूचक वृद्धि भएको छ । यो साता म्यचुअल फण्डसँगै बैंकिङ समूहको परिसूचक पनि शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :


                                                                                           स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
 

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :

                                                                                  स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्