ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भोजपुरमा कोभिड–१९ विरूद्धको खोप अभियान शुरु

२०७८ सावन, १६  
प्रदेश ०१
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, भोजपुर । भोजपुरको सवै स्थानिय तहमा साउन १५ गतेदेखि कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।  

जिल्लाका ९ ओटै स्थानीय तहमा साउन १५ गतेदेखि साउन १७ गतेसम्मका लागि कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालन गरिएको हो । जिल्लका ९ ओटै स्थानीयतहका ८१ ओटा वडाको २४३ खोप केन्द्र र स्वास्थय कार्यालयमा १ ओटा गरी जम्मा २४४ खोप केन्द्रबाट खोप सञ्चालन गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ ।

जिल्लाभर साउन १५ अर्थात् शुक्रवार ३ हजार ५०२ जनाले कोभिड–१९ विरूद्धको भेरोसेल खोप लगाएका छन् । जिल्लामा साउन १५, १६ र १७ गतेसम्म १० हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइने स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए । 

इन्सेक भोजपुरद्वारा गरिएको अनुगमनका क्रमममा भोजपुर नगरपालिका पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकामा कोभिड–१९ विरूद्धको खोप लगाउनेहरूको संख्या अत्यधिक देखिएको छ । भोजपुर नगरपालिका ७ विद्योदय खोप केन्द्रमा साउन १५ गते २९९ जनाले कोभिड–१९ विरूद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्