ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वीउवासंघले विस्तार गर्‍यो तीन ओटा विषयगत समिति

२०७८ सावन, १६  
प्रदेश ०२
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले विषयगत समितिहरू विस्तार गरेको छ ।

संघका अध्यक्ष सुवोधकुमार गुप्ताले थप तीन ओटा समिति विस्तार गरेका हुन् । एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह समन्वय समिति, भवन निर्माण तथा बहाल व्यवस्थापन समिति र स्थानीय कर समिति विस्तार भएको गुप्ताले जानकारी दिए । 

एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह समन्वय समितिको संयोजकमा उद्यमी सुशान्त चाचान, भवन निर्माण तथा बहाल व्यवस्थापन समितिमा दीपककुमार टिवडेवाल र स्थानीय कर समितिको संयोजकमा सुरेशकुमार रुँगटा मनोनित भएका छन् । 

विस्तारित समितिका संयोजकहरूले कुनै पनि समस्या र सरोकारमा सम्बन्धित निकायहरूसित समन्वय गर्ने जिम्मेवारी पाएको संघले बताएको छ । 

समितिका संयोजकहरूले आआफ्नो विषयगत सरोकारमा सक्रिय रुपमा काम गर्ने र समन्वयलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । समितिहरूको प्रभावकारिताले उद्योग व्यापारका समस्या समाधानमा सहयोग पुग्ने विश्वास उनीहरुले गरेका छन् । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्