ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योग वाणिज्य संघ चितवनका उद्योगी व्यवसायीले लगाए कोरोना विरुद्धको खोप 

२०७८ सावन, १६  
वाग्मती प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, चितवन । उद्योग वाणिज्य संघ चितवनमा आवद्ध  १ हजार १०० जना उद्योगी तथा व्यवसायीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

संघको परिसरमा शनिवार उनीहरुलाई  व्यवसायीलाई कोरोना खोप लगाइएको हो । कोरोना खोप कार्यक्रमको पहिलो चरणको कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिडको प्रकोप शुरु भएपछि  निजी क्षेत्रले राहत वितरण लगायतका क्रियाकलापमा अग्रभागमा रहि काम गर्दै आएको बताए ।

खोपबीना उद्योग व्यवसाय गर्न जोखिम रहेको भन्दै व्यापार व्यवसायले पनि गतिलिन नसकेको उनले बताए । आगामी दिनमा छुटेका उद्योगी व्यवसायील पनि खोप उपलब्ध गराउन संघ अगाडि बढ्ने भन्दै उनले खोप लगाएपछि उद्योगी व्यवसायीमा अलग्गै उर्जा थपिने उनले बताए । 

देशभर विभिन्न क्षेत्र र संस्था तथा उमेर समूहले खोप माग गरिरहेको अवस्थामा भरतपुर महानगरपालिका तथा स्वास्थ्य कार्यालय चितवनले खोप उपलब्ध गराईदिएकोमा उनले धन्यवाद पनि दिएका छन् ।

संघले गत बर्ष पनि संघमा आवद्ध व्यवसायीहरुका लागि कोरोना बीमाको व्यवस्था गर्दै  कोरोना संक्रमित व्यवसायीहरुलाई बीमा रकम हस्तान्तरण गरिसकेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । आगामी दिनमा उद्योग व्यवसायीहरु थप रचनात्मक र सृजनात्मक कार्यमा अघि बढ्ने केसीको भनाइ थियो  । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्