ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तथ्यांक दुरुपयोग गरेको अभियोगमा अमेजनलाई साढे ८८ करोड डलर जरिबाना      

२०७८ सावन, १६  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

 साउन १६, ब्रसेल्स ।  अमेरिकी अनलाइन कम्पनी अमेजनलाई यूरोपेली संघ(ईयू) तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको अभियोगमा ८८ दशमलव ६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ ।

त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्यांक सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो । खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्यांकलाई छनोट गरेको दाबी गरेको छ ।     
     
अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने बताएको छ ।     
     
लक्जेम्बर्गको तथ्यांक सुरक्षा निकाय, सीएनपीडीले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको भएपनि यो अहिले चर्चामा आएको हो । ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला यस्तो निर्णय आएको हो ।     
     
अमेजनका  प्रवक्ताले ‘सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा’ सुनिश्चित गर्नु आफूहरूको ‘उच्च प्राथमिकता’ भएको बताउँदै हल्लाका पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।     
     
उनले कुनै तथ्यांकको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रो पक्षलाई दिइएको पनि छैन भनेका छन् ।उनले आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वीकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने सोचेको बताए ।  रासस/ एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्