ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनएमबि बैंकले वडामै गएर भत्ता बाढ्दै

२०७८ सावन, १७  
सुदूरपश्चिम प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, बैतडी । नेपाल सरकारले समाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्ने परिपत्र जारी गरे अनुसार अहिले स्थानीयतहरु बैंकिङ प्रणलीमार्फत भत्ता वितरण गरिरहेका छन् । जिल्ला सदरमुकामा रहेको एनएमबि बैंक अहिले दसरथचन्द नगरपालिकाका वडा वडामा गएर भत्ता वितरण गरिहेको छ ।

जिल्लाको सदरमुकामा रहेको दसरथचन्द नगरपालिका यसअघि पनि बैंक नजिक रहेका वडाहरुको  समाजिक सुरक्षा भत्ता कृषि विकास बैंक मार्फत वितरण गर्दै आएरहेको थियो । अहिले नगरपालिकाले पाँच वडामा भत्ता वितरण गर्ने जिम्मा एनएमबि बैंकलाई दिएको छ । 

एनएमबि बैंकले वडामै गएर खाता खोलिदिएको थियो भने अहिले भत्ता पनि वडामै गएर वितरण गरिहेको छ । यसले गर्दा बृद्धबृद्धा र अपांगता भएकाहरुलाई सजिलो भएको भत्ता बुझ्न आएकाहरु बताउँछन् ।

सेवाग्राहीहरुको समस्यालाई मध्ये नजर गर्दै वडामै गएर भत्ता वितरण गर्न लागेको एनएमबि बैंक शाखा बैतडीका प्रवन्धक नरेन्द्र बहादुर विष्टले बताए । ‘गाउँबाट बैंक आउन धेरै टाढाँ छ त्यसैले हामीले वडामै गएर वितरण गरिरहेका छौँ’ प्रवन्धक विष्टले भने ।

समाजिक सुरक्षा भत्ता वितरण गर्ने १ हजार ६०० भन्दा बढि सेवाग्राही रहेको एनएमबि बैंकले जानकारी दिएको छ । नगरपालिकाको वडा नं. ४ बाहेक अरु वडाबाट बैंक आउन दुईदेखि तीन घण्टा लाग्ने गर्दछ ।

जिल्लाका केही स्थानीयतहले अहिले पनि समाजिक सुरक्षा भत्ता बैंकिङ प्रणली मार्फत वितरण गरी राखेका छैनन् । केही स्थानीयतहले भत्ता बैंकिङ प्रणली मार्फत वितरण गरेपनि सेवाग्राहिले भने यो प्रक्रिया झन्झटिलो भएको बताएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्