ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

टोकियो ओलिम्पिक्स २०२० आज सम्पन्न हुँदै         

२०७८ सावन, २४  
खेल विविध
Image Not Found

साउन २४, टोकियो । टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतवार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ ।     
     
पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ ओटा पदक जितेर पहिलो स्थान हासिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । त्यसैगरी आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य पदकसहित ५८ पदक जितेर शीर्ष तेस्रो स्थानमा रहेको छ भने चौथोमा बेलायत रहेको छ । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्य पदक हात पारेको छ ।     
     
पदक तालिकाको यसपछिका स्थानमा रहेको रूसी ओलम्पिक कमिटी, अस्ट्रेलिया नेदरल्याण्ड र जर्मनीले क्रमशः १७ स्वर्ण, १० स्वर्ण र १० स्वर्णसहित पाँचौं, छैटौं र सातौं स्थानमा आउन सफल भएका छन् । अस्ट्रेलियाले ७ रजत र २२ कास्यसहित कुल ४६ र पदक नेदरल्याण्डले १२ रजत र १४ कास्यसहित कुल ३६ ओटा पदक जितेका छन् । जर्मनीले ११ रजत र १६ कास्यसहित कुल ३७ ओटा पदक जितेको छ ।     
     
तालिकाको दशौं स्थानमा रहेको फ्रान्सले ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित कुल ३२ ओटा पदक जितेको छ । एशियाली मुलुकहरूमा चीन र जापानबाहेकका मुलुक पदक तालिकाको निकै पछाडि देखिएका छन् । नेपालको दक्षिणी छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदकसहित कुल सात ओटा पदक जितेको छ ।     
   

टोकियो ओलिम्पिक्स गत जुलाई २३ बाट शुरु भएको थियो । ओलिम्पिक खेल अन्तर्गत जापानका ४२ ओटा खेल स्थलमा भएका ३३ ओटा खेलका लागि ३३९ ओटा प्रतिस्पर्धा तय भएका थिए । विश्व प्रसिद्ध फुटबलमा पुरुषतर्फ ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदक जितेको छ भने बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराएको छ ।  रासस/ एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्