ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मिस नेपालको प्रायोजकमा बृज सिमेन्टको निरन्तरता

२०७८ भदौ, ४  
बजार
Image Not Found

काठमाडौं (अस) । बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले यो सिजनको मिस नेपाल प्रतियोगितालाई पनि प्रायोजन गर्ने भएको छ । बृज सिमेन्टले विगत ५ वर्षदेखि यो प्रतियोगितालाई प्रायोजन गर्दै आएकामा यसपटक पनि निरन्तरता दिएको हो ।

आउँदो डिसेम्बर २०२१ मा प्युर्टो रिकोमा हुने मिस वल्र्ड २०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठद्वारा प्रस्तुत गरिने ‘ब्यूटी विथ ए पर्पाेज’ परियोजनामा बृज सिमेन्ट सहभागी हुनेछ ।

ब्यूटी विथ ए पर्पाेज मिस वल्र्ड प्रतियोगितामा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि हो । यो उपाधि नेपालले २०१३, २०१८ र २०१९ मा जितिसकेकोे छ ।

यस वर्ष नम्रता श्रेष्ठले आफ्नो ब्यूटी विथ ए पर्पाेज प्रोजेक्टका लागि धादिङको थोपलखोलामा ट्रेल पुल बनाउने योजना छनोट गरेकी छन् ।

देशको विकट र कुनाकाप्चामा बस्नेहरुले जीविकोपार्जनका लागि कष्टकर संघर्ष गरिरहेका र नदी नाला तथा खोलाका कारण वर्षायाममा अत्यधिक पुल तथा बाटाघाटा क्षति हुने एवं यातायात, सञ्चार तथा दैनिक आउजाउ कठिन हुने थिममा आधारित रहेर मिस नेपाल २०२० नम्रता श्रेष्ठले आफ्नो ब्यूटी विथ ए पर्पाेज परियोजनामा यसलाई समावेश गरेकी हुन् । उनले धादिङको नीलकण्ठ गाउँपालिका–१२ र १३ वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बन्ने ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्नेछिन् ।

पुल निर्माणमा आवश्यक पर्ने सिमेन्ट केडिया अर्गनाइजेसनअन्र्तगतको बृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेसनले संयुक्त रूपमा सहयोग गर्ने सहमति भएको अध्यक्ष ताराचन्द केडिया र कार्यकारी निर्देशक मोहित केडियाले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्