ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वाग्मती नदीमा जलयात्रा र सभ्यता [ फोटोफिचर ] 

२०७८ भदौ, ५  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ५, काठमाडौं । वाग्मती नदी महोत्सव - २०२१ को अवसरमा शनिवार वाग्मती नदीमा आयोजित जलयात्रामा रमाउँदै गरेका युवतीहरु ।

वाग्मतीको पुरानो इतिहास सम्झँदै पुरानै अवस्थामा वाग्मती नदीको सौन्दर्यता कायम राख्न विगत केहि वर्षदेखि योजस्तै  विभिन्न शंसकरण सञ्चालन भइसेको छ । जसका लागि केहि वर्षदेखि वाग्मीत सफाइ अभियन्ता सक्रिय पनि छन्।

वाग्मती नदी महोत्सवको अवसर पारेर सरसफाई पनि गरियो । यसपटक आयोजित जलयात्रा शंसकरणमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो  ।

यो यात्रा कुपुण्डोल, वाग्मती पुल, ललितपुरसम्म गरिएको थियो । सहभागीहरुले यो यात्रा निक्कै रोमाञ्चकका साथै सभ्याता चिनाउने अवसर पनि भएको बताएका छन् ।

प्राचिन वाग्मती नदीको सभ्याता बुझाउने उद्धेष्यले आयोजित यस्तो जलयात्राले नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सृजना गराउन महोत्सवले भूमिका निर्वाह गर्ने आयोजकले बताएका छन् ।

हुन पनि हो, काठमाडौं उपत्यकाको मुख्य सभ्यताको आधार नै वाग्मती  हो । जसले गर्दा पनि वाग्मती कोरोडिर अन्तर्गत सिरानदेखि पुछारसम्म सरसफाई अभियान निरन्तर गर्नु आवश्यक छ । यसका लागि कुनै एक व्यक्ति वा संघसंस्थाको एक पटकको प्रयासले सम्भव छैन । यसका लागि त सरकार लगायत सरोकारवाला सवै निकायले जिम्वेवारी बोध गरेर 

अभियान सञ्चालन गर्नु पर्दछ । सम्भयता  नै हाम्रो र भावी सन्ततिको परिचय हो, पहिचान पनि हो ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ का स्थानीय बासिन्दा गणेश गौतम विगतको  वाग्मती नदीको स्वच्छता स्मरण गर्दै पानी खाने र स्नान गर्ने गरेको बताउँछन् ।

हिजोको र आजको वाग्मती नदीमा आकाशपातालको फरक भएको बताउँदै वाग्मती सभ्ययता परियोजनाले नदीको  दुवै क्षेत्रमा  निर्माण गरेको कोरोडोरले केहि हदसम्म पहिचान कायम राख्न मद्दत पुर्‍याएको धारणा राख्छन् ।  

उनले वाग्मती नदीमा विगतमा माछासमेत मार्ने गरेको बताउँदै उनले जलयात्रा तथा अन्य संरक्षण तथा सम्वर्द्धन अभियान जारी राख्न आवश्यक रहेको बताए । वाग्मती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न योग्य, पानी खान योग्य, तथा  शुद्ध जल तर्पण योग्य बनाउनु पनि धेरै प्रयासहरु आवश्यक रहेको देखिन्छ ।  

अझ कतिपय स्थानीयहरु त वाग्मती नदीमा ढल र फोहोर पानी मिसाउने काम बन्द गर्ने हो भने पनि सुन्दरता कायम राख्न मद्दत पुग्ने बताउँछन् । हुन त वाग्मतीसँगै उपत्यकाका अन्य १३ ओटा सहायक नदीको पनि सफाइ गर्न आवश्यक रहेको सरसफाई अभियन्ताहरु बताउँछन् । 
तस्वीरहरु : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्