ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

शेयर बजारमा विरोधको आवाज

२०७८ भदौ, २१  
पाठक विचार
Chelsea International NA

बजार निकै बढेपछि हौसिएका लगानीकर्ता २ दिन बजार घट्दा रुवाबासी गर्न थालेका छन् । उनीहरूले गभर्नरको विरोध गरी राजीनामा माग गरेका छन् । अहिले जसले शेयरबजारमा सुधार आउँछ वा बढ्दैन भन्ने प्रतिक्रिया दिन्छ त्यसविरुद्ध कारोबारीहरू उफ्रिहाल्छन् । स्वतन्त्र बजारमा सरकारको हस्तक्षेप किन भन्ने प्रश्न उठाइहाल्छन् । एक रूपमा यो सही पनि हो । तर, स्वतन्त्र बजार भन्दैमा बजारलाई अनियन्त्रित छाडिदिने हो भने यसले निम्त्याउने समस्या भयावह हुन सक्छ । लाखौं लगानीकर्ता घरबारविहीन हुन बेर छैन । ऋण लिएर गरिएका लगानी डुब्दा आउने समस्या कल्पनाबाहिरको देखिन्छ । विगतमा शेयरबजार ओरालो लाग्दा आत्महत्याका घटनाहरू भएकाम थिए । बजार तीव्र गतिमा बढ्दै जाने हा भने त्यस्तै समस्या आउन सक्छ । बजार घटेकामा नियामक निकायविरुद्ध आन्दोलनको चेतावनी लगानीकर्ताले दिन थालेका छन् । शेयरबजार लगानीकर्ताको समुहले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको माग गरेका छन् । नियोजित रूपमा शेयरबजारलाई घटाउने नीति लिएको भन्दै लगानीकर्ताहरूले गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन् । विभिन्न समयमा पूँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरू राष्ट्र बैंकले लिएको हुँदा समग्र पूँजी बजार अघि बढ्न नसकेको भन्दै गभर्नरको यथाशीघ्र राजीनामाको माग गरिएको छ । यसरी शेयरबजार ओरालो लाग्नेबित्तिकै विरोध गर्नु राम्रो सूचक होइन ।

दिनेश श्रेष्ठ, नयाँबजार, काठमाडौं ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्