ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अर्थतन्त्रको पहरेदार

२०७८ भदौ, २१  
पाठक विचार
Chelsea International NA

अझै पनि पत्रिका भनेका राजनीतिक र सामाजिक घटनामात्रै हुन् भन्ने पाइन्छ । मूलधार भनिएका पत्रिकाहरूले केही पृष्ठ अर्थतन्त्रका लागि दिने गरेका छन् । तर, अर्थतन्त्रलाई मात्रै विषय बनेर पत्रिका सञ्चालन गर्नु जोखिम र चुनौती हो । न्यू बिजनेश एजले अभियान दैनिक प्रकाशित गरेर अर्थतन्त्रबारे धेरैलाई जानकार गराएको छ । देशको मूल मुद्दा राजनीतिक भए पनि अर्थतन्त्र सबैभन्दा बढी महŒवपूर्ण हुन्छ भन्ने कुरा अभियानले धेरैलाई सिकाएको छ ।

आर्थिक विकासका लागि वित्तीय साक्षरता निकै महŒवपूर्ण हुन्छ । पारिवारिक बजेट निर्माण, बचत, लगानी जस्ता कुरा पढेलेखेका धेरै मान्छेलाई थाहा छैन । त्यही भएर आरामको जिन्दगीका लागि सरकारी जागीर प्राथमिकतामा पर्ने गरेको छ । बचत र लगानी बारे सिकाउन सकियो भने अर्थतन्त्रलाई निकै फाइदा हुन्छ । यसबारे अभियानले अभियान नै चलाउनुपर्ने देखिन्छ । राजनीतिक मुद्दाभन्दा आर्थिक मुद्दा र विकास महŒवपूर्ण हुन्छ भनेर राजनीतिक दल र सरकारलाई झक्झक्याउन अभियानले विभिन्न प्रयास गरेको छ । विकास आयोजनाका विकृतिहरू र सम्भावनाका पक्षमा अभियानले नयाँ विचार पस्कने गरेको छ जुन निकै प्रशंसीय छ ।

पक्कै पनि आर्थिक पत्रकारिता अलि गाह्रो हुन्छ । १६ वर्षसम्म यस क्षेत्रमा काम गरेर अभियान अहिले लक्का जवान भएको छ । तर, यसमा सुधार गर्नुपर्ने क्षेत्र पनि थुप्रै छन् । त्यसतर्पm पनि प्रकाशक समूहको ध्यान जाला । १६ वर्ष पार गरेकामा अभियान समूहलाई बधाइ । यसले अर्थतन्त्रको पहरेदारी गरिरहोस् शुभकामना ।

विनोद भट्टराई, म्हैपी, बालाजु, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्